काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान गरिएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सोमबार सूचना जारी गर्दै उजुरी आह्वान गरेको हो ।
जबरालाई उक्त पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधारसहित पुस ११ गते भित्र कार्यालय समयमा उजुरी दिन सकिने समितिले जनाएको छ ।

संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।
तपाईंको प्रतिकृया




