सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री