मेची पुलमा दुर्गा प्रसाईंका समर्थकहरूको भीड

काठमाडौं । तीनकुनेमा भएको पछिल्लो घटनापछि फरार रहेका व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल ल्याउने भन्दै उनका शुभ चिन्तक पूर्वी नाकामा भेला भएका छन् । अहिले मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरु उनको प्रतिक्षामा रहेका हुन् ।

दुर्गा प्रसाईंका दाजु लक्ष्मी प्रसाईंका शुभचिन्तक, परिवारका सदस्यहरू तथा कानुन व्यवसायीहरू मेची पुल क्षेत्रमा भेला भएर आगमनको प्रतीक्षा गरिरहेका छन् । मेची पुल क्षेत्रमा अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने स्थानीय समर्थकहरू पनि लगातार भीडिइरहेका छन् ।

प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीसँग यस विषयमा प्रतिक्रिया माग्दा उनले हालसम्म कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री