शेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५.५७ अंकले घटेर २ हजार ६७०.७० विन्दुमा बन्द भएको हो ।

त्यसैगरी आज कारोबार रकम भने सामान्य बढेको छ । आज कूल १ करोड १३ लाख ८४ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज ११३ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १३१ वटा कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ। सो कम्पनीको मात्र ३५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री