काठमाडौं । नेपाली बजारमा केही दिनदेखि घटेको सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा दुई हजार रुपैयाँले बढेको हो ।
छापावाल सुनको मूल्य तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




