फुडमाण्डुको ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन सार्वजनिक

काठमाडौँ । फुडमाण्डुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकहरूले रोमाञ्चक अफरका साथ नयाँ वर्ष २०८२ को सुरुवात गर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकहरूले चैत्र २५ देखि वैशाख ७ सम्म फुडमाण्डुको एप मार्फत यस क्याम्पेनको विशेष अफरहरूको फाइदा उठाउन सक्नेछन् ।

‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन मार्फत ग्राहकहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टहरूबाट खाना मगाउँदा ८२ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै फ्ल्यास सेल अन्तर्गत जम्मा रु। ८२ मा निश्चित खाने कुराहरू उपलब्ध हुनेछन् भने लोकप्रिय खानाहरूमा फ्ल्याट डिस्काउन्ट, क्युरेटेड मिल कम्बो, पार्टी प्याक र ʻडबल द जोय’ अफरहरूमा ʻबाई–वन–गेट–वन’ अफर समावेश गरिएको छ ।

यी अफरहरूले ग्राहकहरूलाई नयाँ वर्षभर उत्सव मनाउन थप विकल्पहरू प्रदान गरेको कम्पनीले दाबी गरेको छ ।

‘फुडमाण्डुुुको साथ, बबाल हुँदैछ वर्षको अन्त्य र सुरुवात’ भन्ने ट्यागलाइनका साथ क्याम्पेन सुरु गरिएको छ । क्याम्पेनको उद्देश्य नेपाली नयाँ वर्ष २०८२ लाई अझ भव्य र रमाइलो बनाउने रहेको कम्पनीले जनाएको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरूले आफ्नो लागि, परिवारको लागि अथवा साथीभाइको लागि विशेष छुटमा स्वादिष्ट परिकारहरू मगाएर अझ रमाइलो समय बिताउन सक्ने जनाइएको छ ।

क्याम्पेनका बारेमा बोल्दै फूडमाण्डुकी ब्राण्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भने ‘नयाँ वर्ष भनेको रमाइलो गर्ने समय हो र हरेक रमाइलो पलहरूमा खानाको विशेष भूमिका रहन्छ । यस नयाँ वर्ष क्याम्पेन मार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट खानाको साथै विशेष अफर प्रदान गरेर उहाँहरूको नयाँ वर्षलाई अझै रमाइलो र स्मरणीय बनाउने लक्ष्य लिएका छौ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री