राजावादीको प्रदर्शनमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा तामाङ पक्राउ

काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा ट्राफिक लाइट तोडफोड र जडिबुटी उद्योगमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

तोडफोडमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका २७ वर्षीय कुमार तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जीसीले जानकारी दिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुद्वारा तामाङलाई गिरफ्तार गरेको हो । यसअघि प्रहरीले भाटभटेनीमा लुटपाट गर्नेदेखि तीनकुनेमा आगो लगाउने सम्मलाई पक्राउ गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप