रवि लामिछाने रुपन्देही अदालतमा उपस्थित, थुनामा पठाउने तयारी

फाइल तस्वीर

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको छ । शनिबार बिहानै उनलाई विमानमार्फत भैरहवा ल्याइएपछि केहीबेरअघि अदालतमा पेश गरिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थासँग जोडिएको ठगी मुद्दामा लामिछानेको संलग्नता देखिएको भन्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पक्राउ आदेश दिएको थियो । सोही आदेशअनुसार शुक्रबार उनलाई काठमाडौँबाट नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार अदालतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरिएपछि लामिछानेलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको छ । उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन अदालतबाट म्याद लिने प्रक्रिया पनि अघि बढाइएको जनाइएको छ ।

यस प्रकरणमा लामिछानेलाई सहकारी सञ्चालकहरूसँग मिली करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ । यसअघि लामिछानेले सार्वजनिक रूपमा आफू निर्दोष रहेको र सहकारी काण्डसँग कुनै सम्बन्ध नभएको दाबी गर्दै आएका थिए । तर अदालतको आदेशपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री