काठमाडौं ।चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याबाट विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका भगवान् रामचन्द्रको आजकै दिन जन्म भएको धार्मिक विश्वास छ।
धार्मिक ग्रन्थहरू अनुसार आजको दिन व्रत बसी रामको पूजा, पाठ र ध्यान गरेमा चिताएको कार्य सफल हुने र वैकुण्ठ बास प्राप्त हुने मान्यता छ। जनकपुर र अयोध्यामा रामलीला प्रदर्शन, स्नान, रामायण पाठ, भजनकीर्तन लगायत धार्मिक कार्यक्रम हुँदैछन्।
धार्मिकविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार रामनवमीले मर्यादित र अनुशासित जीवनशैलीको प्रेरणा दिन्छ। यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
तपाईंको प्रतिकृया



