युनाइटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लियो

काठमाडाैं । म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई तीन–एक गोल अन्तरले हराएको छ ।

निकै रोमाञ्चक बनेको खेलमा लिभरपुलको जितमा जेर्दान सकिरीले दुई गोल गरे । खेलको २४ औं मिनेटमा साडियो मानेको गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनायो । तर ३३ औं मिनेटमा लिंगार्डले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।खेल सकिन २० मिनेट बाँकी हुँदा लिभरपुल प्रशिक्षक जोर्गेन क्लोपले साकिरीलाई मैदान प्रवेश गराएका थिए । त्यही बीचमा उनले टिमका लागि दुई गोल गर्न सफल भए ।

७३ औं मिनेटमा साकिरीले गोल गर्दै लिभरपुललाई दुई एकको अवस्थामा पुर्याए । भने ८० औं मिनेटमा उनले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस