नयाँ दलप्रति कांग्रेस प्रवक्ता महतको कटाक्ष- ‘असहज हुँदा पन्छिने प्रवृत्ति’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ राजनीतिक दलहरूको स्थायित्व र विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। उनले असहज परिस्थितिमा पछि हट्ने प्रवृत्तिले यस्ता दलहरूबाट नागरिक अधिकारको रक्षा हुन नसक्ने दाबी गरेका छन्।

नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महतले जनताले सरकारको कमजोरी र त्रुटिप्रति खबरदारी गर्नुपर्नेमा जोड दिए। जनताको आवाज नसुनिएको खण्डमा पराजय भोग्नुपर्ने उनले बताए।

‘कांग्रेस सधैं सहीलाई सही र गलतलाई गलत भन्न सक्छ,’ महतले भने, ‘सत्तामा हुँदा होस् वा प्रतिपक्षमा, हामी सधैं न्यायसंगत धारणा लिन्छौं। कांग्रेसको अनुभव र प्रतिबद्धता अप्ठ्यारो परिस्थितिमा पनि अडिग रहन्छ, सहज अवस्थामा मात्र अघि बढ्ने दलहरूले नागरिक अधिकारको रक्षा गर्न सक्दैनन्।’

उनको भनाइ कांग्रेसको स्थायित्व र नीतिगत दृढताको सन्देश दिएको छ भने हालका राजनीतिक परिवेशलाई संकेत गर्दै नवगठित दलहरूको भूमिकाप्रति शंका व्यक्त गरेको देखिन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप