पत्रकार सुरेश रजकको परिवारसंग प्रेस सेन्टर पदाधिकारीको भेटवार्ता

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीले गरेको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारसंग प्रेस सेन्टर नेपालका पदाधिकारीले भेटवार्ता गरेका छन् ।

बिहीबार घरमा पुगेर सेन्टरका पदाधिकारीहरूले रजक प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । सेन्टरका नवनिर्वाचित अध्यक्ष कमल गिरी, उपाध्यक्ष राम सिंह ठगुन्ना,नवनिर्वाचित महासचिव मनोज घर्तीमगर,निवर्तमान महासचिव सन्तोष पौडेल लगायतको टोली आज रजकको घरमा पुगेको हो ।

त्यसक्रममा अध्यक्ष गिरीले रजकको मृत्यु नभएर हत्या भएको बताउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आफूहरूको पनि माग रहेको बताए । प्रेस सेन्टर नेपालले रजकको परिवारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री