नेप्सेका सीईओ चापागाईंले बुझे नियुक्ति पत्र

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले नियुक्तिपत्र बुझेका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट सीईओ नियुक्त भएका उनले मंगलबार अर्थ मन्त्रालयमा नियुक्ति पत्र बुझेका हुन्।

उनलाई राजस्वसचिव दिनेशकुमार घिमिरेले नियुक्ति पत्र दिएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जानकारी दिएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप