गुडिरहेको जीपबाट खसेर जीप धनीको मृत्यु

काठमाडौं । डोटीको सिलगढी नगरपालिका-१ तिखामा एक दुःखद दुर्घटना भएको छ । दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र०१-००१ च ४११८ नम्बरको बोलेरो जीपबाट खसेर जीप धनी ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको ज्यान गएको छ ।

प्रहरीका अनुसार बोहरा आदर्श गाउँपालिका-२ कुचेडाका बासिन्दा थिए । उनी जीपको पछाडिको ढालामा बसेका थिए, सोही क्रममा सन्तुलन गुमाएर सडकमा खस्दा गम्भीर घाइते भएका थिए ।

घटनापछि उनलाई तुरुन्तै उपचारका लागि शैलेश्वरी अस्पताल लगिएको थियो । तर, चिकित्सकको अथक प्रयासका बाबजुद उनको उपचारकै क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ ।

यस घटनासँग सम्बन्धित जीपका चालक बिराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २३ वर्षीय भट्ट आदर्श गाउँपालिका-३ नुवाकोटका बासिन्दा हुन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री