काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो कारोबार दिन आइतबार पनि उकालो लागेको छ। बिहीबार ४१.४३ अंकले बढेको बजार आज थप ३२.२४ अंकले उचालिँदै २,६९५.५५ विन्दुमा पुगेर बन्द भएको छ।
आजको कारोबार रकम पनि उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ। कूल १ करोड ५५ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका विवरणअनुसार आज २२२ कम्पनीका शेयरमूल्यमा वृद्धि देखिएको छ भने २२ कम्पनीको शेयरमूल्य घटेको छ।
जोशी हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा पुगेको छ, भने सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ। सो कम्पनीको मात्रै ६९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
तपाईंको प्रतिकृया




