नागार्जुनमा गाडी पल्टियो : एकजनाको मृत्यु, दुई घाइते

काठमाडौँ । नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिकै गएराति भएको गम्भीर गाडी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

धादिङबाट काठमाडौँ आउँदै गरेको खसी बोका बोकेको टाटा गाडी (प्र ३-०१-०२४ च ८३२२) साइड दिने क्रममा अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको थियो ।

दुर्घटना राति ८:५० बजे भएको थियो । घाइते अवस्थामा अस्पताल पुर्‍याइएका गोरखाका ५० वर्षीय गोकुल पाण्डेको राति १०:२२ बजे निधन भएको काठमाडौँ प्रहरी परिसरका एसपी अपिल बोहोराले जानकारी दिएका छन् ।

उक्त घटनामा गोरखाकै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री