धर्मगुरु पुस्कर खतिवडा ललितपुरको इमाडोलबाट पक्राउ

काठमाडौं । धर्मगुरु पुस्कर खतिवडा ललितपुरको इमाडोल क्षेत्रबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, खतिवडालाई विशेष अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो ।

तीनकुनेमा जारी राजावादी आन्दोलनका क्रममा प्रहरीले केही नेताहरूलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायत रहेका छन् । उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री