काठमाडौँ । राजावादी समूहको प्रदर्शनले उग्र रूप लिएपछि गृह मन्त्रालयमा आकस्मिक बैठक सुरु भएको छ ।
शुक्रवार राजावादी समूहले अराजक शैलीमा प्रदर्शन, तोडफोड तथा आगजनी गरेपछि गृहमन्त्री रमेश लेखक, गृह सचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो ।
गृहमन्त्री लेखकको सचिवालयका एक सदस्यले अहिले बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने जानकारी दिए । उनले अबको योजना र भोलीको दिनबाट कसरी अगाडी बढ्ने भन्ने बारे छलफल भइरहेको बताए ।
तपाईंको प्रतिकृया




