काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै ब्रान्डअन्तर्गतको २५० एनके मोडलमा ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ अफर सार्वजनिक गरेको छ।
चैत १० देखि लागू गरिएको सो अफरअन्तर्गत ग्राहकले अब एनके २५० को खरिदमा ५ वर्षसम्मको वारेन्टी पाउनुका साथै ५ प्रतिशत ब्याजदरमै २४ महिनाको सरल फाइनान्सको सुविधा पाउनेछन्।
त्यसैगरी नगद तथा एक्सचेन्जमा १५ हजार छुट पाउन सक्नेछन्। उक्त अफरअन्तर्गत २५० एनके खरिद गर्ने ग्राहकले नि:शुल्क आफ्नो बाइकको फ्रि–सेरामिक कोटिङ गरी बाइकलाई सुरक्षित राख्न सक्नेछन्।
रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले नेपाली बजारमा यो ब्रान्ड बिक्री–वितरण थालेपश्चात् बाइक आपूर्ति मात्र नगरी आवश्यक पार्ट्स र बिक्रीपछिको सेवा समेत गुणस्तरीय बनाएको पाइन्छ।
नेपालमा बाइक भित्र्याएसँगै कम्पनीले सर्भिस क्याम्पका साथ व्यावसायिक विस्तार समेत गरिरहेको छ। हालै कम्पनीले उपत्यकाभित्र तथा बाहिर गरी लगभग ४० जना ग्यारेजका प्रतिनिधिहरूलाई कम्पनीका सीएफमोटो सर्भिस र ट्रेनिङ टिममार्फत तालिम समेत प्रदान गरेको छ।
केही दिनपहिले सम्पन्न रेस वार्स प्रतियोगितामा समेत सीएफमोटो २५० एनके बाइकले पहिलो स्थानको जित हासिल गरेको थियो। हाल यसको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ छ।




