चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

काठमाडौं । सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा एक बालिकाको मृत्यु भएको छ । भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोलका सुदिप साहको तीन वर्षीया छोरी चन्दा साहको चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लागेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी बालिकालाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी इनरुवा लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको हो ।

शवलाई पोष्टमर्टमको लागी बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान, सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप