प्रधानमन्त्री ओलीलाई काँग्रेसको पूर्ण समर्थन रहेको देउवाको दाबी

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो मित्रवत् सम्बन्ध रहेको बताउँदै काँग्रेसको पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन्।

मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्। पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित आत्मकथा म र मेरो सानोबुबा सार्वजनिक गर्ने अवसरमा सभापति देउवाले प्रधानमन्त्री ओलीसँग पुरानो सहकार्य रहेको स्मरण गरे।

उनले भने, “ओलीजी र म जेलमा सँगै बसेका हौँ। उहाँ त जेलभित्रको पनि जेलमा बस्नुभएको थियो। हाम्रो राजनीति आ–आफ्नै स्थानमा भए पनि व्यक्तिगत सम्बन्ध सुदृढ छ। हामी जेलमेट भएकाले हाम्रो आपसी समझदारी अझै राम्रो छ र यो सम्बन्ध भविष्यमा पनि सुदृढ बन्दै जानेछ। काँग्रेसको पूर्ण समर्थन प्रधानमन्त्री ओलीलाई रहेको छ।”

यस अवसरमा सभापति देउवाले दिवंगत नेता गिरिजाप्रसाद कोइरालालाई निडर व्यक्तित्वका रूपमा स्मरण गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री