घोराहीको प्लाई उद्योगमा आगलागी, ३० घर जोखिममा

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी भएको छ । प्रारम्भिक अनुमान अनुसार करोडौं रुपैयाँको क्षति भएको बताइन्छ । उद्योगमा विद्युत् सर्ट भएर गएराति २ बजे आगलागी सुरु भएको थियो, जुन अझै नियन्त्रणमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार, आठ बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा लागेको आगोको कारण वरपरका ३० भन्दा बढी घर जोखिममा परेका छन् । स्थानीयवासी आफ्नो घरका सामान सुरक्षित स्थानमा सार्ने प्रयासमा छन् भने प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।

आगलागीका कारण उद्योगमा रहेका प्लाई निर्माणका लागि प्रयोग गरिने काठ, कच्चा पदार्थ, मेसिनरी तथा अन्य सामग्री जलेर नष्ट भएका छन् । आगो निभाउन घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट आएका दमकल परिचालन गरिएका छन् । साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीहरू समेत आगो नियन्त्रण गर्न खटिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री