पृथ्वी फर्किए अन्तरिक्षमा अड्किएका सुनिता र बुच, सुनाए रमाइला अनुभव

काठमाडौं । अन्तरिक्षमा जम्मा आठ दिन बिताउने उद्देश्य राखेर त्यहाँ गएका नासाका दुई अन्तरिक्षयात्री नौ महिनापछि पृथ्वीमा फर्किएका छन् । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्पेश एक्स क्याप्सुलमार्फत बुच विल्मोर र सुनीता विलियम्स अनि दुई जना अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको तटीय क्षेत्र नजिकै १७ घण्टाको यात्रापछि अवतरण गरेका थिए ।

उक्त क्याप्सुलबाट बाहिरिने क्रममा उनीहरू मुस्कुराइरहेको र हात हल्लाइरहेको भिडिओ सार्वजनिक भएको छ । नासाका अधिकारीहरूले सबैको अवस्था राम्रो रहेको बताएका छन् ।  बुच र सुनी गएको जुनमा अन्तरिक्षमा पुगेका थिए तर उनीहरूको अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि उनीहरू त्यही फसेका थिए । मतदान, क्रिस्मस डिनरको आनन्द र शून्य गुरुत्वाकर्षणमा शारीरिक अभ्यासजस्ता कुराहरूले बुच विल्मोर र सुनीता विलिअम्सलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा लामो समयको बसाइँमा व्यस्त राख्यो ।

अन्ततः झन्डै नौ महिनापछि यी दुई अन्तरिक्षयात्री स्पेसएक्स ड्र्यागन क्याप्सुलमा पृथ्वी फर्किए । त्यसो भए हामीभन्दा ४०० किलोमिटर माथि परिक्रमा गर्ने नासाका अन्तरिक्षयात्रीहरूको जीवन कस्तो रह्यो र उनीहरूले त्यहाँ कसरी समय बिताए ? अवश्य पनि उनीहरूलाई त्यहाँ व्यस्त राख्ने धेरै गम्भीर कुराहरू थिए । उनन्सट्ठी वर्षीया सुनी र बैसट्ठी वर्षीय बुचले स्टेशनमा कार्यरत मिशनहरूलाई मर्मतसम्भार र अन्य अभ्यासमा मद्दत गर्दै ‘स्पेशवाक’हरू समेत गरे ।

ज्यानुअरी मध्यतिर सुनी आईएसएसमा रहेका सहकर्मी निक हेगसँग यानको मर्मत गर्न बाहिर निस्किइन् । त्यसै महिनाको अन्त्यतिर उनी र बुच सँगै बाहिर निस्किए । उनीहरूले गरेका मुख्य काममा स्टेशनको गतिविधि नियन्त्रण गर्ने उपकरणहरू मर्मत गर्ने, एनआईसीइआर एक्स-रे टेलिस्कोपमा प्रकाशसम्बन्धी फिल्टरहरू थप्ने र अन्तर्राष्ट्रिय डकिङ एडाप्टरमा रिफ्लेक्टर उपकरण प्रतिस्थापन गर्नेलगायत थिए ।

पृथ्वीबारे सोच्ने अवसर
बुच र सुनीले उक्त अवस्थालाई लामो समयको अन्तरालमा आफू अनुकूल बनाउँदै गए । सेप्टेम्बरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले आफूहरू “अनपेक्षित (घटना)को अपेक्षा” गर्न प्रशिक्षित भएको जनाएका थिए । उनीहरूलाई अवश्य पनि पृथ्वीबारे सोच्ने अवसर दियो। उनीहरूले कैयौँ सूर्योदय र सूर्यास्त देख्न पाए ।

स्पेश स्टेशनले प्रत्येक २४ घण्टामा १६ पटक पृथ्वीको फन्को लगाउने क्रममा १६ सूर्योदय र सूर्यास्त देख्छ । उक्त स्टेशनमा हुनेहरूले प्रत्येक ४५ मिनेटमा सूर्योदय वा सूर्यास्त देख्छ । पृथ्वीको यस्तो अनौठो दृश्यको साथ बाँच्न पाउनुले यसलाई मनन गर्न प्रशस्त अवसर दिने सुनीले अनुभूत गरेकी छन् । ‘यसले तपाईँलाई भिन्न तरिकाले सोच्न सक्ने अवसर दिन्छ। यो हामीसँग भएको एक मात्र ग्रह हो र हामीले यसको रेखदेख राख्नुपर्छ,’ उनले भनिन्, ‘पृथ्वीमा रहेका यति धेरै मानिसहरूले हामीलाई सन्देश पठाउँछन् कि जसले तपाईँलाई सबैसँग घरमै भएको महसुस गराउँछ ।’

अन्तरिक्षबाट राष्ट्रपतिका लागि मतदान
बुच र सुनीसँगै आईएसएसमा रहेका डन पेटिट र ननिक हग पनि अमेरिकी नागरिक हुन् । उनीहरू चारै जनाले गत वर्षको अमेरिकी निर्वाचनमा मतदानको अवसर पाए । ‘नागरिकका रूपमा त्यो हामीसँग हुने महत्त्वपूर्ण जिम्मेवारी हो,’ सुनीले पत्रकारहरूसँग भनिन् ।

बुच र नासाले उनीहरूलाई चुनावमा सहभागी हुनका लागि निकै सहज बनाइदिएका थिए । मतदानमा सहजीकरण गर्नका लागि ह्युस्टनस्थित मिशन कन्ट्रोल सेन्टरले इन्क्रिप्टेड इमेलमार्फत् आईएसएसमा मतपत्र पठाएको थियो । ती अन्तरीक्षयात्रीहरूले मतपत्रमा मत जाहेर गरेपछि भूउपग्रहको माध्यमबाट न्यू मेक्सिकोको ग्राउन्ड टर्मिनलमा जोडियो । त्यहाँबाट ल्यान्डलाइनहरूले मतपत्रलाई मिशन कन्ट्रोलमा पठाए र त्यहाँबाट विद्युतीय रूपले त्यो उनीहरूको निर्वाचन क्षेत्र पठाएर मत दायर गराइयो ।

शून्य गुरुत्वाकर्षणमा तन्दुरुस्त रहने काम
बुचका लागि दिनको सुरुवात बिहान ४:३० मा हुन्थ्यो भने सुनी केही ढिलो गरी ६:३० मा उठ्ने गरिन् । दुवैले अन्तरिक्षमा बस्दा हड्डीको घनत्वमा हुने कमीसँग लड्न दैनिक दुई घण्टा वा सोभन्दा बढी व्यायाम गरेर आनन्द लिएको बताउँछन् । ‘तपाईँको जोर्नी दुख्दैन, जुन एकदम राम्रो छ,’ बुचले भनेका छन् । शून्य गुरुत्वाकर्षणमा बस्ने प्रभावको सामना गर्न तीन फरक उपकरणले मद्दत गर्छन् ।

एड्भान्स्ड रिजिस्टिभ एक्सर्साइज डिभाइस (एआरइडी) ‘स्क्वाट’, ‘डेडलिफ्ट’ अनि ‘रो’ जस्ता मांसपेशीलाई एकत्रित राख्ने अभ्यासमा उपयोगी हुन्छ । ट्रेडमिल प्रयोग गर्नका लागि अन्तरिक्षयात्रीहरूले आफूलाई तैरिनबाट रोक्नको लागि पेटी लगाउनु पर्छ र सहनशीलता प्रशिक्षणको लागि साइकल एर्गोमिटर पनि छ ।

क्रिस्मस उत्सवको रमाइलो
गत वर्षको क्रिस्मसमा आईएसएसका अन्तरिक्षयात्रीहरूले एक सन्देश पोस्ट गर्दै पृथ्वीमा रहेका आफ्ना साथीहरू र परिवारलाई क्रिस्मसको शुभकामना दिए । उनीहरूले ‘सान्टा’ टोपी र ‘रेन्डिअर हेड्बिन’ लगाएर सुस्तरी घुमिरहेको माइक्रोफोन एकअर्कालाई बोल्नका लागि दिँदै लागि फ्याँके । त्यतिखेर क्यान्डीहरू उनीहरूको टाउको वरिपरि तैरिरहेका थिए ।

यो उक्त टोलीका लागि आफ्नो कपाल तल झार्ने अवसर थियो । सुनीको हकमा यो ‘माथि’ राख्ने कुरा थियो । शून्य गुरुत्वाकर्षणले उनलाई यस्तो शैली दिएको छ, जुन पृथ्वीमा प्राप्त गर्न धेरै जोडबल लगाउनुपर्छ । आईएसएसमा बुच र सुनीको अन्तिम जिम्मेवारी भनेको उनीहरूपछि आउने अन्तरीक्षयात्रीहरूलाई स्वागत गर्दै आत्मीय महसुस गराउनु थियो । गत १६ मार्चमा स्पेसएक्स क्याप्सुल एक नयाँ सदस्य लिएर आईएसएस आइपुग्यो ।

बुच र सुनीका लागि त्यो एउटा उल्लेख्य क्षण हो, जसले उनीहरूलाई घर फर्काउँदै थियो । उक्त उत्साहलाई आईएसएसमै रहने डन पेटिटले भिडिओमा कैद गरेका छन् । त्यहाँको झ्यालबाट उक्त क्याप्सुल आउँदै गरेको र जोडिएको पनि देखिन्छ । परम्पराकै रूपमा रहेको एउटा घण्टी बुचले बजाउँछिन् भने सुनीले कमाण्ड कस्मोनट एलेक्सी अफ्चिनिनलाई हस्तान्तरण गरिन् । –बीबीसी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री