नेपाल बैंकका कर्मचारी र ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा १५ हजारसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूलाई लक्षित गर्दै नेपाल बैंक लिमिटेड तथा नेचुरल आईभीएफ प्रालिबीच विशेष छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आईभीएफको तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नविन विष्टले हस्ताक्षर गरे ।

यस सम्झौताअनुसार, नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले अस्पतालका विभिन्न सेवाहरूमा विशेष छुट पाउनेछन् । प्याथोलोजी तथा औषधी सेवामा ५ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ भने आईभीएफ प्याकेजअन्तर्गत बैंकका कर्मचारीलाई १५ हजार रुपैयाँ र ग्राहकलाई १० हजार रुपैयाँसम्म छुट उपलब्ध हुनेछ ।

नेपाल बैंक लिमिटेडले यस सहकार्यबाट आफ्ना कर्मचारी र ग्राहकहरूले नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा, तथा बुटवलस्थित वात्सल्य नेचुरल आईभीएफका अस्पताल तथा क्लिनिकमार्फत गुणस्तरीय उपचार सेवाको लाभ लिन सक्ने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री