वैदेशिक सहायता परिचालन व्यवस्थित गर्नुपर्ने अध्यक्ष भट्टराईको आग्रह

काठमाडौँ । गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष अर्जुनकुमार भट्टराईले वैदेशिक सहायता परिचालनलाई व्यवस्थित गर्न सरकारसँग आग्रह गरेका छन् ।

महासंघद्वारा आइतबार आयोजित कार्यक्रममा उनले गैरसरकारी संस्थाहरूले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै सहयोग रोकिँदा शिक्षा, स्वास्थ्य, पर्यावरण जस्ता क्षेत्रमा प्रतिकूल असर पर्ने बताए । नेपालले जलवायुजन्य कार्यका लागि वैदेशिक सहायता आवश्यक पर्ने भन्दै उनले सरकारलाई सहयोगको निरन्तरता सुनिश्चित गर्न विकास सम्मेलन आयोजना गर्न सुझाव दिए ।

भट्टराईले गैरसरकारी संस्थाहरूले वार्षिक ३५ अर्ब रुपैयाँ जुटाउने भन्दै यसलाई रोक्नेभन्दा प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताए । उनले गृहमन्त्रालयको गैरसरकारी संस्था सम्बन्धी ऐन एकीकरण गर्ने तयारीप्रति आपत्ति जनाउँदै सामाजिक विकासलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे ।

धर्म प्रचारका नाममा वैदेशिक सहायता दुरुपयोग भइरहेको आरोप गलत भएको बताउँदै उनले सरकारलाई अनियमितता भएका संस्थामाथि कारबाही गर्न सुझाव दिए । साथै, गैरसरकारी संस्थाहरूको अनुगमन पारदर्शी बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री