पन्चकन्या ग्रुपले नेपाली बजारमा VOLVO EC220 एक्स्काभेटर ल्यायो

काठमाडौं । नेपालमा निर्माण तथा खानी उद्योगलाई अझ उन्नत बनाउने लक्ष्यसहित पन्चकन्या ग्रुपले VOLVO Construction Equipment अन्तर्गतको नयाँ एक्स्काभेटर VOLVO EC220 नेपाली बजारमा लन्च गरेको छ।

ललितपुर महानगरपालिका वडा नं. ३ कृष्णगल्लीस्थित प्रधान कार्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रममा पन्चकन्या ग्रुपकै लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.ले औपचारिक रूपमा VOLVO EC220 को बिक्री प्रारम्भ गरेको हो। कम्पनीका अनुसार यो मेसिन अत्याधुनिक प्रविधि, इन्धन दक्षता, र उच्च उत्पादकत्वको संयोजनले निर्माण तथा खानी क्षेत्रमा महत्वपूर्ण हुनेछ।

उच्च उत्पादकत्व र वातावरणमैत्री प्रविधि : VOLVO EC220 एक्स्काभेटर शक्तिशाली इन्जिन क्षमतायुक्त छ, जसका कारण यो जटिल निर्माण कार्यक्षेत्रहरूमा जस्तै खानी, हाइड्रो सेक्टर, सडक निर्माण, तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिन सक्षम रहेको कम्पनीले जनाएको छ।

यसबाहेक, यो मेसिन EURO Stage IIIA मापदण्ड अनुरूप वातावरणमैत्री इन्जिनयुक्त भएकाले इन्धन खपत घटाउनुका साथै प्रदूषण नियन्त्रणमा मद्दत गर्ने कम्पनीको दाबी छ। बजारमा उपलब्ध अन्य सोही प्रकृतिका मेसिनहरूको तुलनामा १०% बढी उत्खनन क्षमतासहित, तीव्र हाइड्रोलिक जडित प्रविधिले यसलाई थप प्रभावकारी बनाएको छ।

न्यून सञ्चालन खर्च र भरपर्दो सेवा : कम्पनीका अनुसार VOLVO EC220 को विशेषता भनेको कम सञ्चालन खर्च, न्यून मर्मत खर्च, तथा लामो समयसम्म भरपर्दो सेवा हो। नेपाली भौगोलिक बनावटअनुसार उच्च उचाइ र विकट स्थानहरूमा समेत उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमताका कारण ग्राहकहरूका लागि यो आकर्षक विकल्प रहेको छ।

नेपालमा निर्माण, हाइड्रो सेक्टर, तथा खानी क्षेत्रमा भइरहेका वृद्धि भइरहेका क्रियाकलापलाई ध्यानमा राख्दै, VOLVO EC220 ले दक्षता बढाउने तथा लागत घटाउने सम्भावना रहेको कम्पनीको विश्वास छ।

खरिद तथा विशेष अफर : नेपालभरि रहेका VOLVO EC का आधिकारिक वितरक तथा बिक्रेतामार्फत EC220 एक्स्काभेटरको खरिद, सेवा, तथा स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध छन्। ग्राहकहरूका लागि विशेष अफर तथा वित्तीय योजनाहरू पनि ल्याइएको छ। इच्छुक ग्राहकले आजै सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री