मनमैजुमा गोरखाकी महिला कोठामा मृत फेला

काठमाडौं । तार्केश्वर नगरपालिका–१० मनमैजु फूलबारी टोलमा गोरखाकी एक महिला आफ्नै कोठामा मृत भेटिएकी छन् । गोरखाको धार्चे गाउँपालिका–४ घर भई मनमैजु फूलबारी बस्दै आएकी ६५ वर्षीया बिसानी गुरुङ मृत फेला परेकी हुन् ।

उनी आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए । घटनाको जानकारी पाउना साथ प्रहरी वृत्त बालाजुबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो ।

शवको मुचुल्का पछि पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री