नाडा अटो शो २०२५ को रजिष्ट्रेशन आजदेखि

काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा यही मिति २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गरिने भएको छ ।

काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि यही २०८१ फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ ।

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्यधिक माग भएकाले विगतका संस्करणहरू जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरू लगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ । यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरूबाट समेत जानकारी माग भइरहेकोले गत बर्सहरूको तुलनामा यस वर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको हो ।

नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विशेष योगदान पुर्याउदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक ऊर्जा एवं नविनतम् प्रविधिहरूको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री