कास्कीको मादी केन्द्रबिन्दु भएर गयो भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौँ । कास्की जिल्लाको मादी गाउँपालिकामा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ११ मिनेटमा कास्कीको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यस भूकम्पको कम्पन कास्कीसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । स्थानीयवासीहरूका अनुसार भूकम्पको धक्का केही सेकेन्डसम्म जारी रहेको थियो, जसले बिहानै बिउँझिएका मानिसहरूलाई केहीबेरका लागि त्रासित बनाएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प सानो परिमाणको भएकाले ठूलो क्षति हुने सम्भावना कम छ । अहिलेसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री