नुवाकोटको दुप्चेश्वरमा गाडी दुर्घटना, १६ जनाको मृत्यु

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

दुप्चेश्वर गाउँपालिका १ मा शिखरबेसीबाट घ्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। सिखरबेँसीबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बस गाडी दुर्घटना भएको हो ।

दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । घटनास्थलमा पुगेको प्रहरीले ५ जनालाई उद्दार गरी स्वास्थ्य संस्थामा पठाएको छ ।

उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने डीएसपी भट्टराईले जानकारी दिए । तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री