मुकुलको आरोप- सभापति लामिछानेले देउवा र ओलीसँग गोप्य सम्झौता गरे

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग गुप्त सम्झौता गरेको आरोप लगाएका छन् । सोमबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले लामिछानेले देउवा र ओलीसँग आन्तरिक सम्झौता गरेको दाबी गरेका हुन् ।

उनका अनुसार उक्त सम्झौताअनुसार मुद्दालाई कमजोर बनाइने तथा राजावादी धारलाई कमजोर पार्ने उद्देश्य राखिएको छ । ‘रवि दाइले देउवा र ओलीसँग भित्री सम्झौता गरेको कुरा बाहिर आएको छ,’ ढकालले लेखेका छन्, ‘मुद्दालाई कमजोर पार्ने र राजसंस्थातर्फ ढल्किएको जनसमर्थनलाई पुनः आफ्नो पक्षमा तान्ने योजना बनाइएको  छ। यसअघि पासपोर्ट प्रकरणमा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी यस्तै सम्झौता भएको थियो ।’

उनले लामिछानेले भविष्यमा रविन्द्र मिश्रको बाटो अपनाउँदै राजसंस्थाको समर्थनमा खुल्ने रणनीति बनाइरहेको दाबी समेत गरेका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री