एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी

काठमाडौं । एनएमबि बैंकले हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीलाई साढे एक महिनाका लागि पुनः सीईओ नियुक्त गरेको छ ।

बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई आगामी वैशाख ९ गतेसम्मका लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले ०८२ वैशाख १० गतेदेखि बैंकमा हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका गोविन्द घिमिरेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको छ । सीईओको कार्यकाल चार वर्षको हुन्छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप