भायानेटले ल्यायो ‘साम्बा प्याक’

काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ ।

चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो, र किफायती सेवाका लागि डिजाइन गरिएको हो ।

साम्बा प्याकअन्तर्गत ५० Mbps, १०० Mbps, २०० Mbps, र ३०० Mbps इन्टरनेट योजना उपलब्ध छन् । विशेष रूपमा, १०० Mbps वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन् । १०० Mbps को मूल्य ८,५०० (कर सहित) बाट सुरु हुनेछ ।

भायानेट साम्बासँगको सहकार्यमा गर्व महसुस गर्छ, जसको प्रेरणादायी करियरले उनलाई महिला फुटबलमा चर्चित नाम बनाएको छ ।

उनको समर्पण, दृढता, र उत्कृष्टता साम्ब प्याकु का मुख्य मूल्यहरू – गति, शक्ति, र भरपर्दोपनको प्रतिविम्ब हो।

यो सहकार्य कम्पनीको महिला खेलकुदप्रति प्रतिबद्धता र उच्च गुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धतालाई झल्काउने एउटा महत्त्वपूर्ण उपलब्धि हो । यो सेवा सेवा (March 9, 2025) मर्च् ९, २०२५ मा सार्वजनिक गरिँदै छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री