नश्लीय पाखण्डको पर्दाफास गरौं : विष्णु रिमाल

काठमाडाैं । नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राजावादीहरूको गतिविधिप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले नश्लीय पाखण्डको पर्दाफास गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिएका छन् ।

रिमालले विगतका सन्दर्भ जोड्दै भनेका छन्, ‘अढाई सय वर्षसम्मको चकचकी र लुटपाट बिर्सिए पनि ०४६ चैतसम्म ‘हाम्रा मुख थुन्ने’ र ‘यहाँबाट त्यहाँ जान नदिने’ व्यवस्था गर्नेहरू यिनै थिए, हैन र ?’

उनले २०५८ सालको दरबार हत्याकाण्डदेखि राजतन्त्र पुनःस्थापना गर्न खोज्नेहरूको विगतलाई संकेत गर्दै लेखेका छन्, ‘८,६८२ दिनअघि आफ्नै राजा र सम्पूर्ण वंशलाई खरानी बनाउनेहरू नै आज राजावादीको आवरणमा उत्रिएका छन् ।’

उनले थप प्रहार गर्दै भनेका छन्, ‘एयरपोर्टमा जानुपर्छ, स्वागत गर्नुपर्छ भन्नेहरू को हुन् ? २०६१ माघ १९ देखि ०६३ सम्मका ‘गोल्डेन डेज’ सम्झेर त्यही बेला ‘गोल्ड’को गोडमेल गर्नेहरू अरू कोही नभई यही समूह हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री