काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४५ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ६ रुपैयाँ कायम भएको छ ।
तपाईंको प्रतिकृया




