प्रधानमन्त्रीलाई ‘तानाशाह हो ?’ भन्ने दुई पत्रकारलाई संसद भवन प्रवेशमा रोक, पास निलम्बन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अमर्यादित शब्द प्रयोग गरेको भन्दै दुई पत्रकारको पास निलम्बन गरिएको छ । संघीय संसद सचिवालयले प्रधानमन्त्रीलाई अमर्यादित प्रश्न सोधेको भन्दै दुई उनीहरुको पास एक महिनाका लागि निलम्बन गरेको हो ।

सचिवालयले ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठ र ‘सुनौलो नेपाल’ च्यानलका प्रकाश ओलीका लागि एक महिनासम्मको प्रवेश पास निलम्बन गरेको जानकारी दिएको छ ।

यसअघि, गत फागुन ४ गते प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै गर्दा यी युट्यूबका सदस्यहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने प्रयास गरेका थिए, जसका कारण उनीहरूको यो कदम संसद सचिवालयको ध्यानमा परेको हो । अब उनीहरू संसद भवनमा आगामी एक महिनासम्म प्रवेश गर्न पाउने छैनन् ।

सत्तारूढ एमालेका सांसद सूर्य थापाले फागुन ५ गतेको बैठकमा पत्रकारहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्दा प्रयोग गरेका शब्दबारे संसदको ध्यानाकर्षण गराएका थिए । प्रश्न थियो, ‘सामाजिक सञ्जाल विधेयक ल्याएर सरकार तानाशाही प्रवृत्तिमा हिँडेको हो ?’ प्रधानमन्त्री ओलीले जवाफमा भनेका थिए, ‘प्रश्न यहाँ होइन, त्यहीँ (बैठकभित्र) गर्ने हो ।’

अर्का ले सोधेका थिए, ‘तानाशाही प्रवृत्ति किन होला प्रधानमन्त्री ज्यू ? जवाफ दिएर त जानुस् ।’

यस्तो प्रश्नमा एमालेका सांसद सूर्य थापाले संसद बैठकमै आपत्ति जनाएका थिए । यस विषयमा प्रधानमन्त्रीले समेत चासो राखेपछि संसद सचिवालयले एक्सन लिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री