काठमाडौं । बुधबारको प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएका अध्यादेशहरु स्वीकृत गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्विप लगाएका छन् । संसद्को बैठकमा अनिवार्य उपस्थित हुन भन्दै ह्विप जारी गरिएको हो ।
अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले दुवै दलका प्रमुख सचेतकहरू श्याम घिमिरे र महेश बर्तौलाले सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका हुन् ।
भूमिसम्बन्धी अध्यादेश बाहेकका पाँच अध्यादेश संसदमा स्वीकृतीका लागि प्रस्तुत गर्ने सरकारको तयारी छ ।
तपाईंको प्रतिकृया




