टिकाथलीमा बोरिङ गर्ने क्रममा निस्कियो आगोको ज्वाला

काठमाडौं । ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा अचानक आगोको ज्वाला निस्किएको छ । मंगलबार बिहान करिब ९ सय फिट (तीनसय मिटर) खनिसकेपछि आगोको ज्वाला निस्किएको हो ।

स्थानीयकाअनुसार बोरिङको पाइप गाडेको स्थानबाट नै आगो दन्किरहेको छ । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरे तापनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन नसकिएको कारण बोरिङको काम अवरुद्ध भएको छ ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीका अनुसार बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हुनसक्ने आशंका गरिएको छ । तर, घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए । वैज्ञानिक अनुसन्धानपछि मात्र आगोको वास्तविक कारण पुष्टि हुने अपेक्षा गरिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री