काठमाडौं । महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न भएको छ ।
महालक्ष्मी विकास बैंकले बिहीवार र शुक्रवार बैंकको वार्षिक कार्यक्रम तथा दुई दिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नं. १ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथन को सफल आयोजना गर्दै दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको हो ।
बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै यस विशेष र्यालीको आयोजना गरिएको हो ।
बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढको छ । यस अवसरमा, हरित बैंकिङ र दिगो वित्तीय रणनीति को आवश्यकतामाथि विशेष जोड दिइयो छ ।
महालक्ष्मी विकास बैंकले एक सय तीन शाखाहरू संचालन गर्दै, आठ लाख ग्राहकहरूमा विश्वसनीय सेवा पुर्याइरहेको छ ।




