काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको दुई दिनको MDRT 2025 (Million Dollar Round Table) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त कार्यक्रम फागुन ९ र १० गते भरतपुरको चितवन स्थित, सिराइचुली होटेलमा भव्यताकासाथ सम्पन्न गरिएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य यस कम्पनीमा आबद्ध रही एमडीआरटी २०२५ का लागि छनोट भएका साथै कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल, उत्कृष्ट लिडरहरूलाई सम्मान गर्नुका साथै आउँदो समयका लागि आवश्यक व्यापार रणनीतिहरू बारे छलफल तथा प्रशिक्षण प्रदान गर्नु पनि रहेको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष, अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेको आधारमा कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरहरूलाई सो कार्यक्रममा सहभागी गराउँदै आएको छ ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बि.सी., प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, साथै उत्कृष्ट कार्य गर्दै छनोट भएका शाखा प्रमुखहरू र केही विभागीय प्रमुखहरू गरी ७० जना को सहभागिता रहेको थियो । यस कार्यक्रममा, ४२ जना एम्।.डी.आर.टी. क्वालिफायर र ३ जना सि.ओ.टि.(Court Of The Table) क्वालिफायर लाई खादा, माला, प्रमाणपत्र, र पुरस्कार सहित सम्मानित गरियो ।
यस कार्यक्रमको उद्देश्य सम्मान मात्र नभइ उपस्थित सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नु पनि रहेको हुनाले उक्त कार्यक्रममा तालिम प्रदान गर्नका लागि अन्तर्राष्ट्रिय प्रशिक्षक तथा बीमा विशेषज्ञ हिमान्शु जोशी को उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रशिक्षित सहभागीहरूको क्षमता अभिवृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ । यस्तो किसिमको कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव रहेको छ ।
उक्त कार्यक्रमको समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरूको मुख्य भूमिका रहेको बताउँदै सो सभामा उपस्थित सिटिजन लिडरहरूलाई धन्यवाद ज्ञापन गरे र आउँदो दिनहरूमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको विचार प्रस्तुत गरे ।




