नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं । नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

महाराजगन्जस्थित प्रहरी अस्पतालमा उनको ८४ वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठको आजै साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठ नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप