बनेपाको होटलमा युवती मृत फेला, सँगै बसेका युवक फरार

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा रामेछापकी एक युवती मृत भेटिएकी छन् । बनेपा नगरपालिका-८ मा रहेको होटल भ्यू पाहुना घरमा २३ वर्षीया शर्मिला श्रेष्ठ मृत भेटिएकी हुन् ।

बिहीबार साँझ ५ः३० बजेको समयमा होटलमा श्रेष्ठ मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । उनका अनुसार, प्रारम्भिक अनुसन्धानबाट श्रेष्ठ रामेछाप घर भइ हाल बनेपा-६ बस्दै आएकी थिइन् । उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन् । घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । युवतीसँगै होटलमा गएका रामेछापका एक युवक करिब २५ मिनेटपछि कोठाबाट निस्किएको देखिएको उनले प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री