काठमाडाैं । नेपालको अग्रणी लगानी व्यवस्थापन संस्था कुमारी क्यापिटल लिमिटेडले “Kumari Capital” नामक मोबाइल एप सार्वजनिक गरेको छ, जसले Systematic Investment Plan (SIP) सहित विभिन्न लगानी सेवाहरूलाई सहज, छरितो र सुरक्षित बनाउनेछ।
अब लगानीकर्ताहरूले आफ्नै स्मार्टफोनबाट डिजिटल माध्यमद्वारा लगानी योजना निर्माण, व्यवस्थापन तथा अनुगमन गर्न सक्नेछन्।
Kumari Capital मोबाइल एपका प्रमुख सुविधाहरू:
✅ SIP व्यवस्थापन: जुनसुकै स्थान र समयमा SIP सुरु, ट्र्याक र व्यवस्थापन गर्न सकिने।
✅ Demat खाता व्यवस्थापन: अब लगानीकर्ताले आफ्नो Demat खाता सजिलै नियाल्न र व्यवस्थापन गर्न सक्नेछन्।
✅ IPO, FPO, र हकप्रद शेयर आवेदन: झन्झटरहित डिजिटल आवेदन प्रणाली।
✅ सुरक्षित, छरितो र प्रयोगकर्तामैत्री अनुभव: अत्याधुनिक प्रविधिसहित सुरक्षित र सहज इन्टरफेस।
डिजिटल लगानीको नयाँ युग
कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्मा भन्छन्, “हामी प्रविधिमैत्री लगानी व्यवस्थापनलाई प्राथमिकता दिँदैछौँ। डिजिटल युगमा अब स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई लगानीको सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले यो एप सञ्चालनमा ल्याइएको हो। यसले SIP व्यवस्थापन, Demat खाता खोल्नेदेखि लिएर IPO आवेदनसम्मका सेवाहरूलाई अझ सरल, प्रभावकारी र पहुँचयोग्य बनाउनेछ।”
आजै डाउनलोड गर्नुहोस् !
अब लगानीको सरल यात्रा सुरु गर्न Google Play Store (Android) वा App Store (iOS) बाट “Kumari Capital” मोबाइल एप डाउनलोड गर्नुहोस् ।




