घन प्रहारबाट प्युठानमा दम्पतीको हत्या

काठमाडौँ । प्युठानमा घरभित्रै मृत भेटिएका दम्पतीको घन प्रहारबाट हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला परेको प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए । उनले दुवै मृतकको शरीर र टाउकोमा गम्भीर घाउ खतहरू देखिएको जानकारी दिए ।

उनका अनुसार अहिले घटना अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर झिकाइएको छ । साथै केहीलाई प्रहरीले सोधपुछ पनि गरिरहेको छ ।

शनिवार दिउँसो माण्डवी गाउँपालिका–२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार आफ्नै घरभित्र मृत फेला परेकी थिइन् ।

शनिवार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखुलेपछि छिमेकीले ढोका ढकढक्याउन गए । तर कराएर बोलाउँदा पनि भित्रबाट कोहीले जवाफ नदिएपछि ती छिमेकीले ढोकाबाटै घरभित्र चिहाएर हेरे । उनीहरू मृत देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री