ओली र नेपाल जुध्दा दाहाल निर्णायक !

काठमाडौं । २२ मंसिरको सचिवालय बैठक नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा पार्टी पंक्तिको निम्ति सम्भवतः अप्रत्याशित रहयो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरे। नेतृत्वमा बैठकप्रति देखिएको उदासिनता, विधि प्रक्रिया नमानिएको भन्दै उनीहरूले आरोप लगाउँदै आएका थिए। बैठक बहिस्कारमा ‘समय पालना’लाई कारण देखाए पनि उनीहरूले अन्य कारण खुलाएका छैनन्।

घटनाको भोलिपल्टै २३ मंसिरमा नेपाल–खनाल पक्षले आफूनिकट स्थायी समिति बैठक बोलाउन गरेको ‘प्रयास’ २९ मंसिरमा बोलाएर ओली–दाहालले तुहाइदिए। यसपछि ओली–नेपालबीच दूरी अझै बढेको छ। प्रदेश कमिटी पदाधिकारी चयनदेखि नै तत्कालीन एमालेका ओली र नेपाल खेमाबीच असमझदारी बढ्दै गएको छ।

ओली अप्ठ्यारोमा देखिएका छन् तर उनलाई दाहालले साथ दिने देखिएपछि ढाढस मिलेको छ। दाहालले ‘बीच बाटोबाट सहमति खोज्नुपर्छ’ भन्ने रणनीतिक जवाफ दिन थालेका छन्। महासचिव विष्णु पौडेल दुई अध्यक्षबीच समन्वयकारी भूमिकामा छन्। उनी यसमा दायाँबायाँ हुन दिने पक्षमा छैनन्। त्यसका लागि उनको ‘क्रियाशीलता’ बढेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकै सिजनमा तीनपटक सगरमाथा चढिन् पूर्णिमा

   

प्रतिकृया दिनुहॊस