कांग्रेस सभापति देउवा भारत नजाने पक्का

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत नजाने भएका छन् । प्रयागराजमा जारी महाकुम्भ मेलामा सभापति देउवा जाने तय भएको थियो । तर, अन्तिम समयमा सभापति देउवाले भारत भ्रमण रद्द गरेका हुन् ।

इन्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा देउवालाई निमन्त्रणा पठाएको थियो । तर, सभापति देउवाले उक्त कार्यक्रममा नजाने निर्णय गरे ।

महाकुम्भमा अत्यधिक भिडभाड रहेको र स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर सभापति देउवाले भ्रमण रद्द गरेको बताइएको छ ।

देउवाको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार स्वास्थ्यको कारण देखाउँदै भ्रमण रद्द गरिएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री