काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् । उनी पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा भाग लिन पोखरा जान लागेका हुन् ।
पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका उनले दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहान ११ गते पोखरा महानगरपालिका-३० स्थित ढुंगेपाटनमा कार्यक्रम तय भएको छ ।
बालुवाटारबाटै हेलिकोप्टरमा पोखरा जाने कार्यक्रम रहेको र उनको सवारीले सडक यातायातमा कुनै प्रभाव नपर्ने ट्राफिक प्रहरीले जनाएको छ । कास्कीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तपाईंको प्रतिकृया



