काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस पल्टियो, एक जनाको मृत्यु

काठमाडौं ।  काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुँडुवाल खोलामा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

धादिङबाट जन्ती पुर्‍याएर फर्किएको ना ४ ख ८८१७ नम्बरको बस बिहीवार बिहान ५:४० बजेको समयमा घुम्तीमा ब्याक गर्ने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको बताइन्छ ।

दुर्घटनामा बसका मालिक तेमाल-१ भैंसेपानीका ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ भने बस चालक मकवानपुर बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

जन्ती पुर्‍याएर बिहीवार बिहान नियमित क्यूमा लाग्न हिँडेको अवस्थामा दुर्घटनामा परेको तेमाल-१ का वडा अध्यक्ष इन्द्र अधिकारीले जानकारी दिएका छ्न् । घाइते दुई जनालाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री