सिभिल बैंककाे सीईअाेमा गोविन्द गुरुङ नियुक्त

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ्ग नियुक्त भएका छन् । गुरुङ गत बैशाख १२ गतेदेखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको अवधि साउन १२ गते सकिएपछि  गुरुङ्ग प्रमुख कार्यकारी अधिकृत भएका हुन् ।

विगत २१ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा सक्रिय गुरुङ हिमालयन बैंक, तत्कालिन ग्लोबल बैंक, मेगा बैंक हुँदै सिभिल बैंकमा विगत ५ वर्षदेखि सँलग्न छन् ।

प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बैंकको व्यवस्थापनको कार्यशैलीमा सुधार गर्दै सेवाग्राहीलाई उच्चस्तरको सेवा प्रधान गर्ने तथा सेयर होल्डरलाई बढी भन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds