काठमाडौं । साउन १२ गते स्कुलबाटै अपहरणमा परेका पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ । पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा पढ्ने चौधरी घर फर्कने समयमा अपहरणमा परेका थिए ।उनकाे सोमबार बिहान काँडाघारीबाट महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरेको हो ।
तपाईंको प्रतिकृया




